५ माघ २०८१, शनिबार | Sat Jan 18 2025

ओखलढुंगामा ८३ बर्षिय एक बृद्धको कुटपिटबाट ज्यान गयो ।



ओखलढुंगा । सुनकोशी गाउँपालिका ८ च्यानममा एक वृद्धको कुटपिटबाट मृत्यु भएको छ । आज बुधबार विहान एक बृद्धले कुटपिट गर्दा अर्का बृद्धको मृत्यु भएको हो ।

सुनकोशीको च्यानम माँझ गाउँका ८३ बर्षिय सोमबाहदुरलाई दुध लिएर घर फर्कने क्रममा स्थनीय ८३ बर्षिय तिलक बहादुर कटुवालले धकेल्दा गम्भिर घाइते भएका अधिकारीको उपचारको क्रममा मृत्यु भएको हो ।

अधिकारीलाई उपचारको लागि जिल्ला अस्पताल ल्याइएको थियो तर उनलाई अस्पतालले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक विकास राईले जानकारी दिएका छन् ।

कुटपिटमा संलग्न भएको आरोपमा वृद्ध तिलक बहादुर कटुवाललाई प्रहरीले पक्राउ गरि सकेको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको ओखलढुंगा प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार  ५ : ३६ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.