५ माघ २०८१, शनिबार | Sat Jan 18 2025

नेपाली कांग्रेसका सहमहामन्त्री यादवमाथि आक्रमण



काठमाण्डौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि आक्रमण भएको छ। उनीमाथि धारिलो हतियारले आक्रमण भएको हो ।

काठमाण्डौको रिपोटर्स क्लबमा भएको कार्यक्रमबाट बाहिरिने क्रममा यादवमाथि ज्यान मार्ने गरि धारिलो हतियारले आक्रमण गरेको प्रत्यक्षदर्शीले बताएका छन् । उनीमाथि खुकुरी प्रहार गरेको आरोपमा सुशीलबाबु सापकोटालाई प्रहरीले पक्राउ गरि काठमाण्डौ प्रहरी प्रमुख भुपेन्द्र खत्रीले जानकारी दिएका छन् ।

यादवलाई उपचारका लागि ट्रमा सेन्टरमा लगिएको छ ।

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार  ३ : ११ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.