५ माघ २०८१, शनिबार | Sat Jan 18 2025

पूर्व उपराष्ट्रपति नन्द किशोर पुनका छोरा दिपेससँग सुन तस्करी प्रकरणमा सिआईबीले लियो बयान



काठमाण्डौं । पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेश पुनसँग नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युर ले बयान लिएको छ।

दिपेश पुन माओवादीको विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) का महासचिव पनि हुन्।सोमबार दिउँसो सिआइबी कार्यालयमा बोलाएर उनीसँग लग्बग तीन घण्टा भन्दा बढी बयान लिएको स्रोतले जानकारी दिया को छ ।

उनीसँग ६० किलो सुन प्रकरणमा संलग्नता रहेको भन्ने आशंकामा प्रहरीले बयान लिएको हो। उनको दावा छिरिङसँगको सम्बन्ध रहेका कारण यसमा जोडिएको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।

यसअघि पनि पक्राउ परेका माओवादी उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल महराको पनि ६० किलो सुन प्रकरणमा संलग्नता रहेको सिआइबीको अनुसन्धानमा देखिएको छ।

अहिलेसम्म प्रहरीले यस प्रकरणमा जोडीयक २७ जनालाई पक्राउ गरि सकेको छ ।

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार  ९ : ४३ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.