१२ जेष्ठ २०८२, आइतबार | Sun May 25 2025

भारतको संविधानबाट देशको नाम समेटिएको इन्डिया शब्द हटाउने तयारीको चर्चा



एजेन्सी । भारतको संविधानबाट देशको नाम समेटिएको इन्डिया शब्द हटाउने तयारीको चर्चा बढेको छ । भारतको संविधानको परिभाषामा देशको नाम (इन्डिया) अर्थात् भारत रहेकोमा (इन्डिया) शब्द हटाएर भारत मात्रै राख्ने सरकारको तयारीको चर्चा बढेको हो ।

भारत सरकारले देशको नामबाट (इन्डिया) शब्द हटाउने प्रयोजनका लागि संविधान संशोधन गर्न यही सेप्टेम्बर १८ देखि संसद्को विशेष सत्र आह्वान गर्न लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । एकाथरीले इन्डिया शब्द बेलायती उपनिवेशको अवशेष भन्दै हटाउनुपर्ने बताएका छन् । अर्कोथरीले देशको नाम परिवर्तन गर्नु उपयुक्त नहुने बताएका छन् ।

विशेषगरी विपक्षी गठबन्धन आबद्ध दलका नेताहरूले (इन्डिया) शब्द हटाउने तयारीको विरोध गरेका हुन् । अर्को वर्ष हुने लोकसभा चुनावका लागि आफूहरूले गरेको गठबन्धनको नाम (इन्डिया) रहेकोले सरकारले देशको नामबाटै (इन्डिया) हटाएर (इन्डिया) शब्दप्रति घृणा उत्पन्न गराउन चाहेको विपक्षीहरूको आरोप छ । विपक्षी गठबन्धनको नाम (इन्डियन) नेशनल डेभलभमेन्टल इनक्लुसिभ अलायन्सु अर्थात् छोटकरीमा (इन्डिया) रहेको छ ।

केही दिनपछि हुन लागेको जी–२० देशको शिखर सम्मेलनका लागि राष्ट्रपति द्रौपदी मुर्मुले आयोजना गरेको रात्रिभोजको निम्तोमा प्रेसिडेन्ट अफ भारतु लेखिएपछि नामबारे चर्चा बढेको बीबीसी हिन्दीले जनाएको छ । निम्तोमा सात दशकदेखि चलिआएको प्रेसिडेन्ट अफ इन्डिया लेख्ने चलन तोडिएको भन्दै प्रतिपक्षी दलहरूले विरोध गरेका छन् ।

प्रकाशित मिति : १९ भाद्र २०८०, मंगलबार  ६ : ४६ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.