काठमाण्डौ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पाएको विश्वासको मतमाथि उठेको विवादमाथिको सुनुवाइ आज पनि हेर्दाहेर्दैमा राखिएको छ । सर्वोच्च अदालतले मंगलबारको सुनुवाइ पछि मुद्दा हेर्दाहेर्दैमा राखेको हो ।
मंगलबार सरकारी वकिल, कोशी प्रदेशको मुख्य न्यायाधीवक्ता कार्यालयका मुख्य न्यायाधीवक्ता लगायतले बहस गरेका थिए । थापाको पक्षका कानून व्यवसायीहरुको बहस लम्बिएपछि निवेदकका कानून व्यवसायीले जवाफी बहस गर्ने समय नपाएका हुन् र मुद्दा बीहीबारका लागि सुनुवाइ हुने भनी आदेश भएको हो ।
मंगलबार नै सक्ने भनेको मुद्दाको सुनुवाईले बिहीबार पनि निरन्तरता पाउने भएको छ ।