सोलुखुम्बु । खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर ३ मा पहिरोका कारण अवरुद्ध पदमार्गको निमार्ण कार्य सुरु भएको छ । । खुम्बु पासाङल्हामु गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा आज मंगलबारबाट पदमार्ग निमार्ण कार्य सुरु भएको हो ।
अविरल बर्षाका करण विभिन्न पदमार्ग पहिरोले भत्काएको हुदा उक्त पदमार्ग फाराक टोल विकास संस्थाले वडा नम्बर ३ को बेङकर र टोकटोकवीचको ठाक्तोबुकका पदमार्ग निमार्णको काम गर्दै छ ।
फाराक टोल विकास संस्थाले आज एक सुचना जारी गर्दै बाटो निमार्णको काम भइ रहेकाले पदयात्रीहरुले विशेष सावधानी अपनाएर हिड्डुल गर्न भनेको छ । यस्तै बेलुकाको समयमा पनि काम गर्ने भएकाले अर्को सुचना जारी नभएसम्मको लागि नाम्चे जाने मुख्य पदमार्ग वेलुका ९ बजे देखि विहान ६ बजे सम्म बन्द रहने सुचनामा उल्लेख छ ।