९ चैत्र २०८१, आइतबार | Sun Mar 23 2025

पानीजहाज कम्पनी अर्थात् ‘सिप बिल्डिङ’ तर्फको इपिएस परिक्षा असोज १ गतेबाट



काठमाण्डौं । पानीजहाज कम्पनी अर्थात ‘सिप बिल्डिङ’ तर्फको परिक्षा असोज १ गतेबाट सञ्चालन हुने भएको छ । वैदेशिक रोजगार विभाग अन्तर्गतको रोजगार अनुमति प्रणाली (इपिएस) कोरिया शाखाले आगामी असोज गतेबाट परिक्षा सञ्चालन गर्ने भएको हो ।

दक्षिण कोरियामा ‘सिप बिल्डिङ’ को कामका लागि साउन २० गतेदेखि २४ गतेसम्म आवेदन खुल्ला गरेको थियो । ३५ हजार ७ सय ८ जनाले आवेदन दिएकाहरूको भाषा परीक्षा असोज १ गतेदेखि चार सिफ्टमा सञ्चालन गर्ने तयारी भएको छ ।

नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कोरियाको श्रम तथा रोजगार मन्त्रालयबीच भएको समझदारी अनुसार ईपीएस अन्तर्गत नेपाली कामदार पठाउन छनोटका लागि भाषा परीक्षा आवेदन खुलेको हो ।

रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत नै दक्षिण कोरियाले सिप बिल्डिङको काममा नेपाली श्रमिक लैजान लागेको हो ।

प्रकाशित मिति : १९ भाद्र २०८०, मंगलबार  ४ : ४१ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.