२१ मंसिर २०८१, शुक्रबार | Fri Dec 6 2024

सोलुखुम्बुको नेचासल्यानमा २ दिने निशुल्क स्वास्थ्य सिविर सम्पन्न



सोलुखुम्बु । नेचासल्यान गाउँपालिकामा सञ्चालन भएको २ दिने स्वास्थ्य शिबिरबाट ४ सय २५ जनाले सेवा लिएका छन् । गाउँपालिकाको आयोजनामा प्राथामिक स्वास्थ्य केन्द्र सल्यानमा भएको शिबिरमा ४ सय २५ जनाले सेवालिएका हुन् ।

आइतबार र सोमबार तल्लो पेट तथा स्तन क्यान्सर सम्बन्धी नेपाल क्यान्सर अस्पताल र टिसेन्च सेन्टरको प्राविधिक सहयोगमा सिविर सञ्चालन भएको थियो । जस्मा स्तन क्यान्सर पहिचान र परामर्श, पाठेघर झर्ने समस्याको पहिचानलगायत निशुल्क सेवा प्रदान गरेको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०८०, मंगलबार  ३ : ४९ बजे


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.