काडमाण्डौ । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले छिमेकी देशहरुसंग सन्तुलन कायम गरेर काम गर्नु पर्ने बताएका छन् । नेपालले छिमेकी देशहरू नेपालले चीन र भारतसँग सन्तुलन कायम सन्तुलन कायम गरेर अघि बढ्नुपर्ने बताएका हुन् ।
आज मंगलबार निजामती कर्मचारी युनियनको स्थापना दिवका अवसरमा काठमाडौंमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले छिमेकी देशहरुसंग सन्तुलन कायम गरेर अघि बढ्नुपर्ने बताएका हुन् ।
उनले एक देशले अर्को देशसँग साथी बनाउन सक्ने तर छिमेकी बनाउन नसक्ने भन्दै भएका दुई छिमेकी देशलाई बुझाएर नेपालले अघि बढ्नुपर्ने बताएका छन् । नेपालसँग विद्युत किन्ने भनेको भारत मात्रै भएकाले नेपालले की विद्युत नै बेच्दिन भन्नुपर्ने नत्र भारतले भनेका कुराहरूमा सहमति जनाउनु पर्ने बाध्यता रहेको समेत बताएका छन् ।