काठमाण्डौ । आइसीसी महिला टि–२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले कतारलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
मलेसियाको बांगीमा आज विहान भएको खेलमा नेपालले कतारलाई ९ विकेटले पराजितगर्दै एक खेल अगावै सेमिफाइनल यात्रा तय गरेको हो ।
प्रतियोगितामा नेपालको यो लगातार चौथो जित हो । यस अघि नेपालले घरेलु टोली मलेसियालाई पाँच रन, बहराइनलाई १० विकेट र भुटानलाई तीनविकेटले पराजित गरेकोे थियो ।
नेपालका लागि इन्दु बर्माले तीन विकेट लिइन भने पूजा महतो र कविता जोशीले समान एक विकेट लिए । नेपालले समूह चरणको अन्तिम खेल बुधबार युएईसँग खेल्नेछ ।