३ जेष्ठ २०८२, शुक्रबार | Fri May 16 2025

नाजुक अर्थतन्त्रको जिम्मेवार वर्तमान सरकार भएको एमाले निकट व्यवसायीहरुको आरोप



काठमाण्डौ ।  नेकपा एमाले निकट व्यवसायीहरूको संगठन नेपाल उद्योग तथा व्यवसायी महासंघले नाजुक अर्थतन्त्रको जिम्मेवार वर्तमान सरकार भएको बताएका छन् । आज आइतबार काठमाण्डौमा पत्रकार सम्मलेन गर्दै महासंघले यस्तो बताएको हो ।

महासंघले आर्थिक क्षेत्रका विद्यमान समस्या र चुनौती सम्बन्धी विषयमा कुराकानी गर्दै विकास र अर्थतन्त्र चलायमान बनाउनलाई वित्त र मौद्रिक नीतिबीच समन्वय हुनुपर्ने भए पनि सरकार र राष्ट्र बैंकबीच समन्वय नहुँदा मुलुकको अर्थतन्त्र धरासयी हुँदै गएको दावी गरेको छ ।

सरकारको अव्यावहारिक नीति र राष्ट्र बैंकको कसिलो मौद्रिक नीतिका कारण अर्थतन्त्र दुखद अवस्थामा आइपुगेको यसको जिम्मेबार सरकार रहेको आरोप लगाएका छन् ।

महासंघले ग्रामीण भेगमा गरिब किसानहरूले लघुवित्तमार्फत परिचालन भएको लघु ऋणी र लघुवित्त संस्थाहरूको समस्या समाधानमा कुनै वास्ता नगरेको गुनासो गरेको छ । निर्माण व्यवसायीलाई निर्माण सम्पन्न गरेको कामको भुक्तानी नदिएर राज्यले भरोसा र विश्वास गुमाएको भन्दै महासंघले निर्माण व्यवसायीको आन्दोलनको सम्बोधन गरी तुरुन्तै समस्या समाधान गर्न माग गरेको छ ।

प्रकाशित मिति : १७ भाद्र २०८०, आइतबार  ६ : १० बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.