३ जेष्ठ २०८२, शुक्रबार | Fri May 16 2025

सोलुखुम्बुका तत्कालीन वडा अध्यक्ष र कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर



सोलुखुम्बु । लिखुपिके गाउँपालिका वडा नम्बर २ का तत्कालीन वडा अध्यक्ष सहित तीनजनाविरुद्ध भ्रष्टचार सम्बन्धी मुद्दा दायर भएको छ । वडा अध्यक्ष सहित ३ जना विरुद्ध ६ लाख रुपैँयाको  मुद्दा दायर भएको हो ।

लिखुपिके गाउँपालिका २ का तत्कालिन वडा अध्यक्ष रमेश कुमार बस्नेत,तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी र तत्कालीन लेखापाल जीवन सुवेदीविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले आज आइतबार विशेष अदालत काठमाडौंमा भष्टाचार सम्बन्धी मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता भोला दाहालले बताएका छन् ।

उनीहरुमाथि वडा कार्यालयको भवन निर्माण गर्न जग्गा खरिद गर्दा अनियमितता गरेको आरोप छ। वडा कार्यायको भवन निर्माण गर्न जग्गा खरिद गर्दा अनियमितता गरेको उजुरीका आधारमा छानबिन गर्दा भ्रष्टाचार गरेको पुष्टि भएकाले तीन जनाविरुद्ध मुद्दा दायर भएको छ ।

 

प्रकाशित मिति : १७ भाद्र २०८०, आइतबार  ३ : २० बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.