३ जेष्ठ २०८२, शुक्रबार | Fri May 16 2025

यस बर्षको संविधान दिवस ३ दिन मनाउने सरकारको निर्णय



काठमाण्डौ । सरकारले यस बर्ष संविधान दिवस तीन दिन मनाउने निर्णय गरेको छ । आज आइतबार बसेको संविधान दिवस मूल समारोह समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

सरकाले आउदो असोज ३ गतेको संविधान दिवस तीन दिन मनाउने निर्णय गरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जानकारी दिएका छन् । प्रधानमन्त्री अध्यक्ष रहेको उक्त समितिको बैठकले असोज २, ३ र ४ गते विविध कार्यक्रम गर्दै संविधान दिवस मनाउने निर्णय गरेको हो ।

असोज २ गते विशेष संवाद, जनचेतनामूलक कार्यक्रम, संविधान दिवस विशेषाङ्क प्रकाशन, अन्तरक्रिया, दीपावली लगायतका कार्यक्रम आयोजना गरिने भएको छ ।

असोज ३ गते भव्य, वृहत कार्यक्रम, सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह गर्ने, देशभर पनि वृहत कार्यक्रम गर्ने भएको छ । र असोज ४ गते जागरणमूलक कार्यक्रमका साथै दीप प्रज्जवल गर्ने र नेपालस्थित नेपाली दूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावासका साथै उपत्यकाबाहिर पनि विविध कार्यक्रम गरिने समितिले जनाएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०८०, आइतबार  २ : ४३ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.