काठमाडौं ।पत्नी चढेको गाडी ट्राफिक प्रहरीले रोकेपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सिंहदरबार जलाउने चेतावनी दिएका छन्।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई मेयर शाहले चोरको संज्ञा दिँदै सिंहदरबार जलाउने धम्की दिएका छन् । शनिबार राति ९ बजेतिर बालकुमारीबाट कोटेश्वरतिर सरकारी नम्बर प्लेटको गाडी तीव्र गतिमा आएको थियो। सोहि क्रममा ड्युटीमा रहेका ट्राफिक प्रहरीले गाडीलाइ रोक्दै ‘बिदाको दिन सरकारी गाडी चलाउने अनुमति पत्र बोक्नु भएको छ?’ भन्दै सोधखोज गरेका थिए।
सोहि बिषयलाइ लियर मेयर बालेन शाहले सामाजिक सञ्जालमा यसरि आक्रोस फेरका छन्।
‘आजको लागी केहि भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने, सिंहदरवारमा आगो लगाइदिन्छु। याद राख चोर सरकार!,’ मेयर शाहले शनिबार राति नै सामाजिक सञ्जालमा लेखेका थिए।