काठमाडौं। एक केजी सुनसहित रसुवागढी नाकाबाट एक महिला पक्राउ परेकी छन्। रसुवाको गोसाइँकुण्ड गाउँपालिका-१ की ४१ वर्षीया पाछेमु तामाङ (गुरुङ) पक्राउ परेकी हुन् ।
चीनबाट नेपाल तिर हिड्दै आउँदै गरेकी पाछेमु तामाङ (गुरुङ)को साथबाट लुकायर ल्याउदै गरेको ४ वटा टुक्रा सुन फेला परेको छ ।
रसुवागढीस्थित मितेरी पुलमाबाट हिजो बिहान ११:२५ मा इलाका प्रहरी कार्यालय टिमुरेका प्रहरी निरीक्षक सुमन कुमार थापाको कमाण्डमा खटिएको प्रहरीको टोली, सशस्त्र प्रहरी बल र रसुवा भन्सार कार्यालयको संयुक्त चेकिङ टोलीले उनलाई पक्राउ गर्न सफल भयको हो।
श्रोत- annapurnapost