३ जेष्ठ २०८२, शुक्रबार | Fri May 16 2025

” जनतासंग माओबादी विशेष अभियान” : माप्यदुधकोशी ६ मा सडक स्तरोन्नती



सोलुखुम्बु । माप्य दुधकोशी गाउँपालिका वडा नम्बर ६ को सडक स्तरोन्नती गरिएको छ । ” जनतासंग माओबादी विशेष अभियान” अन्तरगत कार्यक्रममा सडक स्तरोन्नती गरिएको हो ।

आज शनिबारबाट सुरू भएको ३ महिनासम्म चल्ने अभियानको पहिलो दिन वाकु वाप्सा जाने वडा नम्बर ७ छुटिने सडकको स्तरोन्नती तथा सोलिङ लगाउने काम गरिएको पूर्व अखिल क्रान्तिकारी सोलुखुम्बुका सचिव अर्जुन खालिङ राईले जानकारी दिएका छन् ।

जिल्ला समन्वय समिति सदस्य तथा माप्य दुधकोशी पार्टी कमिटी सह-इचार्ज तथा सोअभियानको संयोजक रमेश राईको उपस्तिथिमा कार्यक्रम गरिएको थियो ।

प्रकाशित मिति : १६ भाद्र २०८०, शनिबार  ९ : ४० बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.