काठमाण्डौ । “जनतासंग माओबादी विषेश रुपान्तरण अभियान” काठमाण्डौ महानगरपालिका वडा नम्बर ३२ जडीवुटीमा उद्घाटन गरिएको छ ।
नेकपा माओबादी केन्द्रले आयोजना गरेको उक्त कार्यक्रमको आज उद्घाटन गरिएको हो ।नेकपा मावादी केन्द्रका केन्द्रीय नेता जक्कु प्रसाद सुबेदीले कार्यक्रम उद्घाटन गर्दै यस अभियानले बिशेष गरेर नेकपा माओवादी केन्द्रका नेता कार्यकर्र्ता रुपान्तरण हुने बताएका छन् । यस्तै अभियानमा माओवादी केन्द्रका केन्द्रिय कार्यालय सचिव डोर प्रसाद उपाध्या (निर्मल कुमार) ले साबि भन्दा पैला आफैलाई आफूबाट रुपान्तर गर्न सुरु गर्नु पर्ने बताएका छन् ।
अभियानमा मावादी केन्द्रका युवा नेता तथा बागमती प्रदेश सदस्य घनश्याम गौतमले स्वागत मन्तव्य राख्दै बिगतका कमी कमजोरीलाई जनताबीच माफी मागेर आफैबाट रुपान्तरण भई जनता समक्ष जानु पर्ने बताउदै माओवादीको इतिहासलाई बचाइ रक्नु पर्ने बताएका छन् ।
यसैेगरि अन्य पार्टीका नेता तथा कार्यकर्ताहरु पनि देश बदलनका लागि आफैबाट सुरु गर्ने पर्ने धारण राखेका छन् । उद्घाटन कार्यक्रमको अध्यक्षता रामसुन्दर श्रेष्ठ र कार्यक्रम सञ्चालन देव चौलागाईले गरेका थिए । कार्यक्रमलाई व्यवस्थापन नरेश श्रेष्ठले गरेका थिए । शहिद परिवारको सदस्य रञ्जना पौडेल युवा खेलाडी प्रकाश थापालगायतको करिब ३०० जनाको उपस्थिति रहेको थियो ।