सोलुखुम्बु । सोलुखुम्बुको विभिन्न वडामा विभिध कार्यक्रम गरि नेकपा माओवादी केन्द्रको तीन महिने पार्टी रुपान्तरण अभियान सुरु गरिएको छ । मंसिर १५ सम्म सञ्चालन हुने ‘जनतासँग माओवादी विशेष रुपान्तरण’ अभियानको आज माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकैसाथ उद्घाटन गर्नुभएको छ ।
कार्यक्रम उद्घाटनको अवसरमा सोलुखुम्बु जिल्लामा विभिन्न रचनात्मक कार्यको सुरुवात गरिएको छ । अहिले माओवादी केन्द्रका नेताहरु टोलबस्तीमा पुगेका छन् ।कार्यक्रमको अवसरमा प्रदेश समिति सचिवालय सदस्य तथा जिल्ला संयोजक असिम राईले खुम्बुपासाङ ल्हामु गाउँपालिकाका युवाहरुलाई भलिबल वितरण गर्नुका साथै शहिद परिवारलाई सम्मान तथा खाद्यन्न वितरण गर्नुभएको छ । वर्तमान व्यवस्था ल्याउनको लागि १० वर्षे जनयुद्ध, त्यसका नायक प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष सहित युवा तथा शहिद परिवारको भुमिका महत्वपुर्ण रहेको भन्दै संयोजक राईले इतिहासलाई भुल्न नहुने बताउँनुभयो ।
माओवादीको तीन महिने अभियान : सोताङमा बिरामीलाई फलपुल वितरण देखि मुल्य वृद्धि नियत्रण गर्ने सम्मको माग
जिल्लाको सोताङ गाउँपालिकामा शहिद परिवार संग भेटघाट संगै सोताङ प्राथमिक स्वास्थ्य केन्द्रमा रहेका बिरामीलाई फलफुल वितरण गरिएको छ । प्रदेश सचिवालय सदस्य तथा जिल्ला सह इन्चार्ज ठमनाथ पराजुली (ध्रुव) को नेतृत्वमा रहेको टोलीले दुधकोशी नदिमा बेलिबृजमा क्षती पुगी सवारी आवगमन बन्द भएपछि भएको मृल्य वृद्धि तथा कालोबजारीलाई नियन्त्रण गर्न सम्बन्धित निकायमा ज्ञापन पत्र बुझाउने समेतको कार्यक्रम गरेको प्रदेश स्तरीय सूचना संकलन तथा प्रचारप्रसार समितिका सदस्य भोजराज कार्कीले जानकारी दिनुभयो ।
तीन महिने अभियानमा माओवादीलाई पुन एकपटक बास्तबीक जनता संग जोड्न सकिने माओवादी नेता शर्माको भनाई छ ।
‘जनतासँग माओवादी विशेष रुपान्तरण’ अभियान : दिप्लीघाटमा मोटरसाइकल मार्ग निर्माण सूरु
जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाले दिप्लीघाटको झुलुङ्गे पुलबाट मोटरसाइकल आवतजावत गर्ने गरि बाटो निर्माण कार्य सूरु गरेको छ । दुधकोशी नदिमा रहेको बेलिबृज बाढीले बगाइ सवारी आवगमन बन्द भएपछि मोटरसाइकलको लागि बैकल्पिक मार्ग निर्माण गरिने प्रदेश समिति सदस्य गणेश कुमार राईले जानकारी दिनुभयो ।
यस्तै मुक्लीमा दुधकोशी सामुदायिक अस्पताल देखि वीरेन्द्रदोय मा.वि. मुक्ली जाने सडक सोलिङ गरिएको प्रदेश स्तरीय सूचना संकलन तथा प्रचारप्रसार समितिका सदस्य भोजराज कार्कीले जानकारी दिनुभयो । पार्टी कमिटीमा आन्तरीक छलफल तथा अन्तरक्रिया देखि विकास निर्माणको कार्यमा खटिएको देखिपछि सर्वसाधरण नागरिकमा सकरात्मक सन्देश गएको माओवादीले जनाएको छ ।
शहिद परिवार सम्मान देखि सडक सरसफाई समेतको कार्य
जिल्लाको महाकुलुङ गाउँपालिकामा पनि शहिद परिवारसंग भेटघाट सहित अन्तरक्रिया गरिएको छ । अभियान सञ्चालनको लागि केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज एकचन्द्र बराल सोलुखुम्बुमा खटिनुभएको छ ।
यता नेचा सल्यान गाउँपालिका भित्रका विभिन्न सडक सरसफाई तथा सामान्य मर्मत गरिएको प्रदेश समिति सदस्य घनश्याम नेपालीले जानकारी दिनुभयो ।
प्रदेश समिति सदस्य तथा जिल्ल सचिव नाम्गेल शेर्पाका अनुसार सोलुदुधकुण्ड नगरपालिकामा विरामीलाई फलफुल वितरण गरिएको छ भने तिङ्लामा लाग्ने साप्ताहिक हाट परिसर सरसफाई गरिएको छ । यस्तै सहिद परिवारसंग भेटघाट कार्यक्रम रहेको रहेको उहाँको भनाई छ ।
उता लिखुपिके गाउँपालिकाको ५ वटौ वडामा पार्टीको वडा कार्यालय स्थापना गरिएको छ । गाउँपालिकाको समग्र विकास निर्माण लगायतको विषयमा गाउँपालिका प्र्रमुख संग आवश्यक छलफल हुने प्रदेश सचिवाय सदस्य तथा जिल्ला सह इन्चार्ज हिमाल गिरीले जानकारी दिनुभयो ।
सडक तथा गोरेटो बाटो सरसफाई देखि फोहोर फुयाक्ने डस्बीन राखिएको छ । शहिद परिवारसंग भेटघाट तथा सम्मान सहित जनचेतनामुल्क कार्यक्रम लगायत अन्तरक्रिया समेत गरिएको माप्यदुधकोशी पार्टी कमिटी अध्यक्ष प्रकाश खालिङले जानकारी दिनुभयो ।