५ माघ २०८१, शनिबार | Sat Jan 18 2025

धर्मनिरपेक्षतालाई परिमार्जन र व्यवस्थित गर्ने जिम्मा माओवादीले लिनैपर्छ- उपमहासचिव पुन



काठमाडौं । नेकपा माओवादी केन्द्रका उप–महासचिव वर्षमान पुनले धर्मनिरपेक्षेतालाई परिमार्जन  सहित व्यवस्थित गर्ने जिम्मा नेकपा माओवादी लिनैपर्ने बताएका छन् ।

जनतासँग माओवादी ः विषेश रुपान्तरण अभियान अन्र्तगत काठमाडौं महानगरपालिकाको वडा नम्बर २६ ले आयोजना गरेको  कार्यक्रमलाई शनिबार बिहान सम्बोधन गर्दै पुनले आफ्नो पार्टीले देशमा धर्म निरपेक्षता ल्याएपनि त्यसलाई व्यवस्थित गर्न नसकेको टिप्पणी  गरे । उनले त्यसलाई परिमार्जन गर्ने र व्यवस्थित गर्ने जिम्मा माओवादीकै भएको बताएका छन् ।

उनले भने, ‘धर्म निरपेक्षताको लागि लड्ने पार्टी हामी नै हौं । राज्य धर्मनिरपेक्षता भयो तर, यसलाई व्यवस्थित गर्ने जिम्मा पनि हाम्रो हो । मैले भन्दै थिए,अहिले जति उपलब्धिहरु भएका छन्,त्यसलाई फेरी परिमार्जन गर्ने जिम्मेवारी पनि माओवादी पार्टीको छ , यसलाई हामीले आत्मसाथ गर्नैपर्छ यसको जिम्मेवारी लिनै पर्छ।’

त्यस्तै उनले विचार विनाको पार्टीले देशलाई विकास गर्न नसक्ने भन्दै आफ्नो पार्टीले तय गरेको सार्वजनिक,निजी र सहकारीको तीन खम्बे नीतिबाट अगाडि बढ्नुपर्ने धारणा राखे ।

प्रकाशित मिति : १६ भाद्र २०८०, शनिबार  ९ : ५४ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.