३ जेष्ठ २०८२, शुक्रबार | Fri May 16 2025

एमालेको लुम्बिनी अधिवेशन आज दिउँसो १२ बजेपछि हुने



काठमाडौं । नेकपा एमाले लुम्बिनी प्रदेशको पहिलो अधिवेशन आजदेखि बुटवलमा सुरु हुने भएको छ ।

शनिबार बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने अधिवेशनको उद्घाटनमा एमाले अध्यक्ष केपी शर्मा ओली सहितका उपाध्यक्ष,महासचिव,सचिव तथा पार्टीका अन्य पदाधिकारीहरु बुटवल जाने एमालेले जनाएको छ ।
पार्टी कार्यतालिकाअनुसार सात वटा प्रदेशमध्ये लुम्बिनी प्रदेशले सुरुमा पहिलो अधिवेशन गर्न लागेको हो । प्रथम अधिवेशनको उद्घाटन पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो १२ः३० बजे गर्ने कार्यक्रम तय भएको छ ।

अधिवेशनपूर्व बिहान १० बजेदखि बुटवलका १९ वटै वडाहरु, छिमेकी पालिका तथा जिल्लाबाट कार्यक्रममा सहभागी हुन आउने कार्यकर्ताले राजमार्ग चौराहबाट जुलुस तथा झाँकीसहित सम्मेलनस्थलमा प्रवेश गर्ने कार्यक्रम रहेको छ ।
साथै उद्घाटन समारोहमा पार्टीका उपाध्यक्षहरु,महासचिव,उपमहासचिव, सचिवहरु ,पोलिटब्युरो सदस्यहरु, केन्द्रीय सदस्यहरु, केन्द्रीय आयोगका पदाधिकारी तथा अन्य नेता तथा पार्टी सदस्यहरुको उपस्थिति रहने आयोजकले जनाएको छ ।

प्रदेशका १२ वटै जिल्लाका ८२ हजार ८९५ पार्टी सदस्यहरुबाट छानिएका प्रतिनिधि तथा विभिन्न २३ वटा जनसंगठनहरुबाट छानिएका १००४ प्रतिनिधिहरु अधिवेशनमा सहभागी हुने जनाईएको छ ।
अधिवेशनले २०५ सदस्यीय नयाँ नेतृत्व चयन गर्ने छ ।

प्रकाशित मिति : १६ भाद्र २०८०, शनिबार  ९ : ४५ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.