३ फाल्गुन २०८१, शनिबार | Sun Feb 16 2025

तातोपानी नाकामा आजदेखि दुईतर्फी आवतजावत खुल्ला



काठमाण्डौ । चीनसंग उत्तरी सिमानाका तातोपानीमा दुई तर्फी आवतजावत खुल्ला भएको छ । आजदेखि मानिसका लागि दुईतर्फी  आवतजावत खुल्ला भएको हो ।
विगत लामो समयदेखि आवतजावत बन्द रहेको थियो । २०७२ साल बैशाख १२ गते गएको विनाशकारी भुकम्पपछि तातोपानी नाका बन्द थियो । तर पछिल्लो समय गएको मंगलबार तिब्बतको ल्हासामा चिनियाँ अधिकारी र नेपाली अधिकारीवीच बसेको बैठकले भदौ १५ गते शुक्रबारदेखि नाका खुलाउने निर्णय भएको थियो । उक्त निर्णय अनुसार स्थानीयबासिन्दा आवातजावत गर्न पाउने गरि नाका खोलिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिए ।
उक्त नाकाबाट सिन्धुपाल्चोकका स्थानीयबासि मात्र आवतजावत गर्न पाउने छन् । यो नाका काठमाण्डौसं ग नजिक रहेकाले पूर्णरूपमा खुले पछि मालसामान ढुवानी गर्न सहज हुनेछ । नाका खुल्ने भएपछि व्यापारीहरू हर्षित भएका छन् ।

प्रकाशित मिति : १५ भाद्र २०८०, शुक्रबार  ४ : ०९ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.