३ फाल्गुन २०८१, शनिबार | Sun Feb 16 2025

सर्वोच्चमा आज कोशी सरकारविरुद्धको मुद्दामा सुनुवाइ हुँदै



काठमाडौं । आज कोशी प्रदेश सरकारविरुद्धको रिटको सुनुवाइ हुँदै छ ।

कोशी सरकारका मुख्यमन्त्री उद्धव थापालाई बर्खास्त गर्न माग गर्दै एमालेले सर्वोच्च अदालतमा दायर गरेको रिटमा शुक्रबार पूर्ण सुनुवाइका लागि पेसी तोकिएको हो ।कोशी सरकारविरुद्ध एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले ६ भदौमा सर्वोच्चमा रिट दिएका थिए ।

उनले प्रदेश प्रमुख पर्शराम खापुङ, मुख्यमन्त्री थापा, प्रदेश सभा सचिवालयलाई विपक्षी बनाएका रिट दायर गरेका छन ।मुख्यमन्त्रीविरुद्ध परेको रिटलाई छिटोछरितो ढंगले निरूपण गर्नुपर्ने भन्दै सर्वोच्चले अग्राधिकार दिएको छ ।

प्रकाशित मिति : १५ भाद्र २०८०, शुक्रबार  ८ : ०२ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.