काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन साहले नेपालको चुच्चे नक्सालाई मान्यता नदिएको भन्दै चीन भ्रमण रद्द गरेका छन् ।
चीनले पछिल्लो समय सार्वजनिक गरेको नक्सामा नेपालको चुच्चे नक्सा हटाएर पुरानो नक्सा राखेको प्रति आपत्ती जनाउँदै मेयर बालेनले चीन भ्रमण रद्द गराएको हुन् । चीनको निमन्त्रणामा उनी ५ दिने भ्रमणमा चीन जान लागेको थिए ।
आज समाजिक सञ्जालमार्फत चुच्चे नक्सा झिकेर बुच्चे नक्सालाई कायम राख्नु नेपालीको संवदेशनशीलतामाथि चालेको गलत कदम बताउँदै मेयर साहले नैतिकताको आधारमा चीन भ्रमण रद्द गरेको बताएका छन् ।