सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिका र सोताङ गाउँपालिका जोड्ने दुधकोशी नदीको दिप्लीघाटको बेलिब्रिज निमार्ण हुने भएको थुलुङ दुधकोशी गाउँपालिकाले जनाएको छ । अविरल बर्षाका कारण दिप्लीघाटस्थित बेलिबृज गत विहिबार बाढीले बगाएको थियो ।
बाढीले पुलमा क्षति पुर्याएसंगै कोशीपारीको दुइवटा गाउँपालिका आवतजावतमा समस्या भएको छ । उक्त बेलिबृज पुनः निमार्णका लागि थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राईको समन्वयमा सोताङ गाउँपालिकाका अध्यक्ष खिलराज राई र महाकुलुङ गाउँपालिकाका अध्यक्ष सुर्य कुलुङले पुनः निमर्णको माग राख्दै प्रधानमन्त्री समक्ष ज्ञापनपत्र बुझाएका थिए । उक्त प्रस्ताव पश्चात बेलिबृज निमार्णका लागि मन्त्रीस्तरबाट निर्णय भएको बताइएको छ । स्थानीय तहहरुको निरन्तर प्रयास पश्चात पुल निमार्ण हुने पक्का भएको थुलुङ दुधकोशी गाउँपालिकाका प्रवक्ता भोेजराज कार्कीले बताएका छन् ।
उक्त बेलिबृज राष्ट्रिय सडक नभएकाले सडक विभागको प्राथमिकतामा नरहे पनि प्रधानमन्त्री दाहालले चासो राखेपछि पुल निमार्णको प्रक्रिया अगाडी बढेको गाउँपालिकाले जनाएको छ ।