३ फाल्गुन २०८१, शनिबार | Sun Feb 16 2025

झुट बोल्ने र बेइमानी गर्ने कामजति माओवादीले नै गरेको छ : अध्यक्ष ओली



विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेश सरकारलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन गर्ने कुरा नेकपा माओवादीले नै झुट बोलेर भ्रम फैल्याएको आरोप लगाएका छन् ।

बुधबार विराटनगरमा सञ्चारकर्मीसँग अध्यक्ष ओलीले कोशी प्रदेश सरकारलाई राप्रपाले समर्थन गरेको भए राप्रपाले सार्वजनिक रुपमा भन्नुपर्ने तर्क गरे । उनले सत्ता पक्ष र त्यसमा पनि झुट बोल्ने तथा बेइमानी गर्ने कामजति माओवादीले नै गरेको बताए ।

उनले भने,‘सत्ता पक्षले झुट बोलिराखेको छ । राप्रपाले उहाँहरुलाई समर्थन गर्ने भयो भन्ने कुरा हो भने राप्रपाले भन्नुप¥यो नि त उहाँहरुलाई समर्थन गछौं,सम्झौता भएको छ भनेर । यो झुटपनि कति बोल्ने हो?माओवादी भन्ने पार्टी,सबै ठाउँमा झुट बोल्ने र बेइमानी गर्ने कामजति माओवादीले नै गरेको छ ।’

 

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार  १२ : ३० बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.