सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिका–८ दिप्ली र सोताङ गाउँपालिका–१ खोर्दाको सिमानामा रहेको बेलीब्रिज पुनः निमार्णको माग गर्दै सोलुखुम्बुका तीन स्थानीय तहका प्रमुखहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष ज्ञापन पत्र बुझाएका छन् ।
बाढीका कारण क्षति पुगेको पुल पुनः निमार्णको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् । लगातारको बर्षाले गत बिहिबार बाढीले पुलमा क्षति पुर्याएको थियो ।
बेलिब्रिज पुनः निमार्णका लागि थुलुङदुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राईको समन्वयमा सोताङ गाउँपालिकाका अध्यक्ष खिलराज बस्नेत र महाकुलुङ गाउँपालिकाका अध्यक्ष सुर्य कुलुङ सहितको टोलिले पधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ।
प्रधानमन्त्री दाहालले बाढीले क्षति पुर्याएको दिप्लीघाटको बेलिब्रिजको पुनः निमर्णको काम तत्काल अघि बढाउन निर्देशन दिएका छन् । प्रधानमन्त्री कार्यालयबाट भौतिक पुर्बाधार मन्त्रालयमा पठाईएको सो पत्रमा सम्बन्धित कार्यालयलाई तोक आदेश भएको र बांकी काम चाडै हुने बताइएको छ ।