७ श्रावण २०८१, सोमबार | Tue Jul 23 2024

राम्रो काम गर्दा पनि माओवादीको आलोचना हुन्छ : उपमहासचिव पुन



काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्व सरकारले राम्रो काम गर्दागर्दै पनि अलोचना भएको बताएका छन् ।

माओवादी केन्द्रको उपत्यका विशेष समितिले मंगलबार काठमाडौंमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै उपमहासचिव पुनले अरु पार्टीले जे गरेपनि आलोचना नहुने तर माओवादीले राम्रो काम गर्दा पनि विरोध भएको गुनासो गरेका हुन् ।

‘कांग्रेस, एमाले वा अरु कुनै पार्टीले केही सानो काम ग¥यो भने पनि चर्चा हुन्छ । ठूला गल्ती हुँदा पनि प्रश्न उठ्दैन,’ उनले भने,‘हामीले राम्रो काम गर्दा पनि आलोचना हुन्छ । हाम्रो नेता, हामी र हाम्रा कार्यकर्ताले त्यही काम ग¥यो भने मान्छेबाट नकारात्मक टिप्पणी र अलोचना हुन्छ ।’

माओवादीले अझै काम गर्नुपर्छ भन्ने जनाताको अपेक्षा रहेको बताउँदै पुनले भने,‘आफुहरू चुकेका ठाउँमा राजनीतिक अतिवाद देखा परेको र माओवादीले लिएको एजेण्डामा देश चलेको छ । हामी दृढतापूर्वक जनताको पक्षमा काम गर्नुपर्छ ।’

प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलबार  ९ : ५५ बजे


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.