७ श्रावण २०८१, सोमबार | Tue Jul 23 2024

रायो भालेकानोमाथि एथ्लेटिको मड्रिडको फराकिलो जित



काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिको मड्रिडले सानदार जित हात पारेको छ । सोमबार राति भएको खेलमा उसले रायो भालेकानोमाथि ७–० गोलअन्तरको फराकिलो जित दर्ता गरेको छ । यो ला लिगामा एथ्लेटिको मड्रिडको अहिलेसम्मकै फराकिलो जित हो ।

भालेकानाको घरेलु मैदानमा भएको खेलमा एथ्लेटिको मड्रिडले दोस्रो मिनेटमा एन्टोनी ग्रिजम्यानको गोलबाट खाता खोलेको थियो । १६औं मिनेटमा मेम्फिस डिपेईले गोल गरे भने ३६ औं मिनेटमा नागुयल मोलिनाले गोल गर्दै टिमलाई पहिलो हाफमा ३–० को अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा अल्भारो मोराटाले दुई गोल गरे भने एन्जल कोरेया र मार्कोस लोरेन्टेले पनि गोल गरे । यो जितसँगै ३ खेलबाट ७ अंकका साथ एथ्लेटिको मड्रिड अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । शीर्ष स्थानमा ९ अंकसहित रियल मड्रिड छ भने रायो भालेकानो ६ अंकसहित आठौं स्थानमा छ ।

प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलबार  ९ : २२ बजे


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.