३ जेष्ठ २०८२, शुक्रबार | Fri May 16 2025

सन्देश सभामा सहभागि हुन समाजवादी मोर्चाका शीर्ष नेता बुटवल जाँदै



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित समाजवादी मोर्चाका शीर्ष नेताहरु मंगलबार (आज) बुटवल जाने भएका छन् । मोर्चाको पूर्वर्निधारित कार्यक्रम(सन्देश सभा)मा सहभागि हुन मोर्चामा आबद्ध चारै दलका शीर्ष नेताहरू त्यहाँ जान लागेका हुन् ।

दिउँसो १ बजे बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने सभालाई प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष दाहालका साथै नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) र जनता समाजवादी पार्टीका केन्द्रीय परिषद् सदस्य तथा प्रदेश इन्चार्ज राज किशोर यादवलगायतका नेताले सभालाई सम्बोधन गर्ने छन् ।

सबै प्रदेशमा सभा गर्ने निर्णय अनुसार भदौ ८ गते वीरगन्जबाट सभा सुरु गरेको मोर्चाले १३ गते सुदूरपश्चिमको धनगढी, १४ गते कर्णालीको सुर्खेत, १५ गते गण्डकीको पोखरा, २३ गते बागमतीको हेटौँडा, २५ गते कोशीको विराटनगरमा सभा गर्ने छन् ।

प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलबार  ८ : ५७ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.