२३ कार्तिक २०८१, शुक्रबार | Sat Nov 9 2024

शर्मा दोस्रो पटक सर्वोच्चको न्यायाधीश सिफारिस



काठमाडौं । न्यायपरिषद्ले विनोद शर्मालाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ । आइतबार बसेको न्यायपरिषद्को बैठकले सर्वोच्च अदालतमा रिक्त रहेका न्यायाधीश पदमा शर्मालाई नियुक्ती गर्न पुनः सिफारिस गरेको हो ।

अघिल्लो वर्ष कायममुकायम प्रधानन्यायाधीश दीपकराज कार्कीको अध्यक्षतामा बसेको परिषद्को बैठकले २०७९ भदौ २१ गते जनकपुर उच्च अदालतका कामु मुख्य न्यायाधीश शर्मासहित तुल्सीपुर उच्च अदालतकी मुख्य न्यायाधीश नीता गौतम दीक्षित र नेपाल ल क्याम्पसका प्राध्यापक डीएन पराजुलीलाई सर्वोच्चमा नियुक्ति गर्न सिफारिस गरेको थियो ।

तर, सरकारले निर्वाचनको घोषणा गरेसँगै उनीहरूको संसदीय सुनुवाइ प्रक्रिया अघि बढ्न सकेको थिएन । जसले गर्दा सर्वोच्चको न्यायाधीशमा सिफारिस भएर पनि उनीहरूको नियुक्ती हुन सकेको थिएन ।

प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलबार  ८ : ५१ बजे


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.