१४ फाल्गुन २०८०, सोमबार | Mon Feb 26 2024

सोलुदुधकुण्ड नगरपालिकाले वडासदस्यको निधनमा भोलि शोक विदा दिने



सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिकाले वडा सदस्यको निधनमा भोलि मंगलबादर शोक विदा दिने भएको छ । सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर १ का वडा सदस्य टेकबहादुर राईको निधन प्रति एक शोक वक्तव्य जारी गर्दै विदा दिने निर्णय गरेको हो ।

वडा सदस्य राईको आज ४६ बर्षको उमेरमा काठमाण्डौ कपनस्थित निजि निवासमा निधन भएको हो । विगत १ बर्ष देखि क्यान्सर रोगले पिडित उनी भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत रहेका थिए । उनको शोक विदामा नगरपालिका र नगरपालिका भित्रका कार्यालयबाट प्रवाह हुने सेवा बन्द गरिने भएको छ ।

यस्तै नगरपालिका भित्रको विकासमा राईले पुर्याएको योग्दानको सम्मान गरिनेसमेत वक्तव्यमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ११ भाद्र २०८०, सोमबार  ६ : ३१ बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.