३ जेष्ठ २०८२, शुक्रबार | Sat May 17 2025

खुम्बुपासाङल्हामुको ल्हुन्दुप छोलिङ गोम्बामा ढुवा कार्यक्रम सम्पन्न



सोलुखुम्बु । खुम्बुपासाङल्हामु गाउँपालिकामा प्राण प्रतिस्ठान (ढुवा) समापन गरिएको छ । ल्हुन्दुप छोलिङ गोम्बामा श्रद्धेय मिलिङ खेम्पोज्युको अगुवामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
भौतिकबादको चिन्तनबाट मुक्त भइ विश्वमा शान्ती राख्न सामाजिक सद्भावलाई कायम राख्ने उद्देश्यले श्रद्धेय क्याब्जे देफुक रिम्पोछे ज्यूले खुम्जुङ गोम्बाको बज्रगुरु मन्त्रजप सम्पूर्ण क्षेत्र र खुम्बु क्षेत्र बाहेक महत्वपूर्ण धामहरुमा फुम्बासहितको छोतर राख्न निर्देशन दिनु भएको थियो । उक्त निदेर्शनलाई पालना गर्दै खुम्बुपासाङल्हमु गाउँपालिका ढुवा कार्यक्रम गरिएको हो ।
यस्तै खोर्लोको भःव क्याब्जे तेङबोछे रिम्पोछे ज्युले निर्माण गर्नु भएको हो । प्रत्येक छोतरमा राखिने ५०० वटा खोर्लोमा लेखिने महत्वपूर्ण मन्त्र सुनको अक्षरले लेखिएको गाउँपालिकाले जनाएको छ । सुनको लागि आर्थिक सहयोग श्रद्धेय देफुक रिम्पोछेले गर्नु भएको हो । कार्यक्रममा करिव २० जना गुरुहरुको सहभागिता रहेको थियो ।
यस्तै छोतरमा राखिने फुम्बाको प्राण प्रतिस्ठान श्रद्धेय त्याङ्बोचे रिम्पोछे ज्युको प्रमुख अतिथ्यमा हलेशी मारातिकामा १०० जना भन्दा धेरै जना गुरुहरुले गर्नु भएको थियो ।
कार्यक्रमको लागि गाउँपालिकाबाट यस आर्थिक बर्षमा छोतर कार्यक्रमको लागि १४ लाख बिनियोजन भएको छ भने ( देल्वा ) सहयोग पनि खुल्ला गरिएको छ । । प्राण प्रतिस्ठान बाहेक अन्य कार्यक्रम बाँकी रहेको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : ११ भाद्र २०८०, सोमबार  ५ : ५८ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.