७ श्रावण २०८१, सोमबार | Tue Jul 23 2024

एमाले सचिवालय बैठक १३ गते सिराहामै



काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको सचिवालय बैठक १३ गतेबाट सिराहामै बस्ने भएको छ ।

भदौ ९ गतेलाई तय गरेको बैठक अन्तिम समयमा स्थगित गरेको एमालेले फेरि सोही ठाउँमा बैठक गर्ने निर्णय गरेको हो ।

एमालेले धनगढीमाई नगरपालिका सर्रे अम्बासमा बैठक गर्ने छ । जहाँ तत्कालीन मालेले २०४६ सालमा सिराहाको एक काठघरमा चौथो महाधिवेशन गरेको थियो । सोही महाधिवेशनले मदन भण्डारीलाई महासचिव निर्वाचित गरेको थियो ।

प्रकाशित मिति : १० भाद्र २०८०, आइतबार  १० : १२ बजे


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.