६ फाल्गुन २०८१, मंगलबार | Tue Feb 18 2025

आज इन्द्रजात्रा उपत्यकासहितका केही जिल्लामा विभिन्न कार्यक्रम गरेर मनाइँदै छ



काठमाडौं । आज इन्द्रजात्रा उपत्यकासहितका केही जिल्लामा विभिन्न कार्यक्रम गरेर मनाइँदै छ । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा गरेर यो पर्व मनाइन्छ ।

भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिंगो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ । आजकै दिन भगवान विष्णुको पूजा अर्चना गरी अनन्त चतुर्दशी पनि मनाउने गरिन्छ ।

हरेक वर्ष भाद्र शुक्ल चतुर्थीका दिनलाई इन्द्रजात्राका रुपमा मनाउने परम्परा छ । इन्द्रजात्रा, काठमाडैं, ललितपुर, भक्तपुर, धुलिखेल र दोलखा लगायतका जिल्लामा मनाउने गरिन्छ ।

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  ११ : ०३ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.