काठमाडौं । केहि समय अगाडि मात्र उच्च अदालतले निहारिकाले जन्माएकी बच्चा र बलात्कार आरोपित श्रेष्ठको डीएनए परीक्षणको आदेश दिएको थियो । डीएनए परीक्षणकै लागि श्रेष्ठ उच्च अदालत जनकपुरमा हाजिर भएको बुझिएको छ ।
महोत्तरीको जलेश्वर घर भएकी निहारिका श्रेष्ठमाथि बलात्कारको आरोप लगाउँदै जिल्ला अदालतमा मुद्दा दायर गरेकी थिइन् । अदालतले भने श्रेष्ठलाई सफाई दियो । त्यसपछि निहारिका महिनौंसम्म ज्यानको प्रवाह नगरी आन्दोलन गरिरहिन ।
श्रेष्ठ दोषी हो भन्दै निहारिकाले डिएनए परीक्षणको माग राखेकी थिइन् । उच्च अदालत जनकपुरले पनि डीएनए परीक्षणको आदेश दिइसकेको छ । डिएनए परीक्षण गर्दा न्याय पाउने उनको विश्वास छ ।