काठमाडौं । नाबालिग बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दिप लामिछाने कुनैपनि बेला पक्राउ पर्ने भएका छन् ।
लामिछाने भने यतिवेला विदेशमा छन् ।उनलाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौंले आज प्रहरीलाई अनुमति दिएको छ ।उनीविरुद्ध एक नाबालिक किशोरीले गौशला प्रहरीमा बलात्कारको जाहेरी दिएकी छन् ।प्रहरीले घट्नाबारे अनुशन्धान अघि बढाएको छ ।