१२ माघ २०८१, शनिबार | Sat Jan 25 2025

किशोर–किशोरी अँगालोमा बेरिएर ६ तला माथीबाट हाम्फाले, घटनास्थलमा ८ पेज लामो सुसाइड नोट भेटिए



काठमाडौँ । भारत घर भएर पेप्सीकोला बस्ने १४ वर्षका किशोर अनिकेत राय र काठमाडौं–१२ घट्टेकुले घर भएकी १४ वर्षीया किशोरी कृपिता जयसवाल बुद्धनगरमा निर्माणाधीन घरमा दुईजना फटाफट ६ ताल माथि गए । घर वरपर बसेकाहरुले उनीहरु सिँढी चढेको देखेका थिए । तर, किन सिँढी उक्लिए भन्नेतिर कसैले सोचेनन् । केहिबेर पछि दुवैजना अँगालोमा बेरिएर ६ तला माथीबाट हाम्फालेका थिए ।

घटना भए लगतै प्रहरीलाई खबर गरेपछी प्रहरी घटना स्थल पुगेका थिए । प्रहरी गएर घाइतेलाई अस्पताल पठाए तर, दुवै जनालाई एकैछिनमा चिकित्सकले मृत घोषणा गरे । प्रत्यक्षदर्शीहले उनीहरु अँगालोमा बेरिएर हाम्फालेको देखेको प्रहरीलाई बताएका छन् ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरुका अनुसार उनीहरु प्रेमी प्रेमिका हुन् । घटनास्थलमा अनिकेतले लेखेको ८ पेज लामो सुसाइड नोट भेटिएको छ । अनिकेतले नोटमा लेखेका छन्– ‘हार्ड टु बि लिभिङ के, मैले वास्तवमै बाँच्ने उत्प्रेरणा गुमाएको छु र, आफैंलाई मार्ने उत्प्रेरणा पाएँ ।’

उनीहरुले आत्महत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ तर, प्रहरीले आत्महत्याको कारण खोजिरहेको छ । उनीहरु सहपाठी हुन् । उनीहरु मध्य बानेश्वरस्थित पाठशालामा कक्षा ९ मा पढ्थे दुवैका अभिभावक उनीहरुको बीचमा प्रेम सम्बन्ध रहेको बारे जानकार थिए ।

‘किशोर र किशोरी किन हाम्फाल्न बाध्य भए भन्नेबारे कारण खोजिरहेका छौं’ घटनाबारे अनुसन्धान गरिरहेको एकजना प्रहरी अधिकृत भन्छन्–‘कारण पत्ता लगाउन सकेमा भोलि यस्ता घटना न्युनीकरण गर्न सहयोग पुग्छ ।

डायरीमा लेखिएको मितिअनुसार साउन ३० मा अनिकेतले सुसाइड नोट लेख्न थालेका थिए । उनले ‘डियर डायरी’ सम्बोधन गरेका छन् । नोटको अन्तिममा उनले लेखेका छन्–‘योर्स अनिकेत ।’ नोट घटनास्थलमा (घरको ६ तलामा) भेटिएको थियो । सुसाइड नोटबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार  ७ : ५६ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.