सोलुखुम्बु।नेपाल कम्युनिस्ट पार्टी (एमाले) नेचासल्यान गाउँपालिका कमिटीले आगामी मंसिर ४ गते हुने प्रदेश तथा संघीय निर्बाचनका लागि उम्मेदवारहरुको सिफारिस गरेको छ।
पालिका कमिटी अध्यक्ष जगनाथ बास्तोलाको अध्यक्षतामा आइतबार सम्पन्न बैठकले संघीय निर्बाचनका लागि प्रत्यक्षतर्फ केन्द्रीय सदस्य मानबीर राई र प्रदेशसभा निर्बाचनका लागी प्रदेश निर्बाचन क्षेत्र ‘क’ का लागि प्रदेश सदस्यसमेत रहेका प्रदेश कमिटी सचिवालय सदस्य उत्तमकुमार बस्नेत,जिल्ला कमिटी अध्यक्ष डुफकुमार बास्तोला र महेश किरांतीलाई सिफारिस गरेको छ।
उता,समानुपातिकतर्फ संघीय निर्बाचनका लागि सूर्यकुमारी सुनुवार र प्रदेश तर्फ सावित्रा भट्टराईलाई सिफारिस गरिएको पालिका कमिटी अध्यक्ष बास्तोलाले जानकारी दिए।
बैठकले डीबी किराँती स्मृति प्रतिस्ठान भवन निर्माणका लागि जग्गा ब्यबस्थापनका लागि ३ नं वडा कमिटी अध्यक्ष एकराज भट्टराईको संयोजकत्वमा ५ सदस्यीय समिति समेत गठन गरेको छ।समितिमा निधिरत्न कटेल,खेमराज कटेल, नृपध्वज राई र नवराज कटेल रहेका छन्।
बैठकले असोज ५ गतेभित्रमा पांचवटै वडा कमिटीले अनुकुलता हेरेर कार्यकर्ता प्रशिक्षण तथा भेटघाट कार्यक्रम सम्पन्न गर्ने गरि मिति तय गरेर पालिका कमिटीलाई जानकारी गराउन निर्देशन दिने निर्णय पनि गरेको उनले बताए।