३ फाल्गुन २०८१, शनिबार | Sun Feb 16 2025

माओवादी केन्द्रले प्रतिनिधिसभा निर्वाचनमा क्षेत्र नं.१ बाट उम्मेदवारीका लागि प्रचण्ड सहित ३ नेताको नाम सिफारिस



काठमाडौँ । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा निर्वाचनमा गोरखा क्षेत्र नम्बर १ बाट उम्मेदवारीका लागि तीन नेताको नाम सार्वजनिक गरेकोे छ । पार्टी अध्यक्ष पुष्कमल दाहाल (प्रचण्ड) सहित तीन नेताको नाम सिफारिस गरेको छ । माओवादी केन्द्रको बैठकले प्रत्यक्षमा क्षेत्र नम्बर १ बाट दाहालसहित केन्द्रीय सदस्य हरिराज अधिकारी र सुशिला सिंखडाको नाम प्रस्ताव गरेको हो ।

जिल्लाको प्रस्ताव प्रदेश कमिटी हुँदै केन्द्रीय कमिटीमा पुगेर अन्तिम निर्णय हुने माओवादी केन्द्रका केन्द्रीय सदस्य लेखबहादुर थापाले बताए । गोरखाको निर्वाचन क्षेत्र नम्बर २ मा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, केन्द्रीय सचिव हितराज पाण्डे, केन्द्रीय सदस्य चुणामणि खड्का र लेखनाथ न्यौपानेको नाम प्रस्ताव गरिएको थापाले जानकारी दिए । श्रेष्ठ राष्ट्रिय सभा सदस्य पनि हुन् ।

माओवादी केन्द्रले चारवटै प्रदेशसभामा प्रत्यक्षतर्फका उम्मेदवारहरुको नाम पनि प्रदेश कमिटीमा सिफारिस गरेको छ । निर्वाचन क्षेत्र नम्बर १ को ‘क’ प्रदेशसभामा लेखबहादुर थापा, अमरबहादुर गुरुङ र परशुराम रम्तेल, १ को ‘ख’ प्रदेशसभा निर्वाचन क्षेत्रमा कृष्ण धिताल, जगन्नाथ खनाल र धुव्रकुमार भट्टको नाम सिफारिस गरिएको छ ।

क्षेत्र नम्बर २ को ‘क’ प्रदेशमा खोपबहादुर कडेल, कमला नहर्की र धना गुरुङ कोइराला, २ को ‘ख’ मा भगवती तिवारी, नरबहादुर गुरुङ र वासु पोखरेलको नाम सिफारिस गरिएको माओवादी केन्द्रले जनाएको छ । समानुपातिकतर्फ छमबहादुर गुरुङसहित ८ जनाको नाम सिफारिस भएका थापाले जानकारी दिए ।

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार  ३ : २१ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.