२१ मंसिर २०८१, शुक्रबार | Fri Dec 6 2024

आज एकैसाथ चलचित्र ‘झिँगेदाउ’ र ‘सम्हालिन्छ कहिले मन’ प्रदर्शनमा



काठमाडौँ । आज एकैसाथ दुई चलचित्र प्रदर्शनमा आएको छ । चलचित्र ‘झिँगेदाउ’ र ‘सम्हालिन्छ कहिले मन’ प्रर्दशनमा आएको हो । ‘झिँगेदाउ’ ज्ञानेन्द्र देउजाले निर्देशक गरेको फिल्म हो भने ‘सम्हालिन्छ कहिले मन’ का निर्देशक सुदर्शन थापा हुन् ।

फरक विषयबस्तुमा बनेको दुबै फिल्म राम्रो भएको दाबी निर्माण युनिटले गर्दै आएको छ । फरक बिषयबस्तुमा बनेको यो चलचित्रले आज हलमा प्रतिस्पर्धा गर्नेछ कुन चलचित्र दर्शकले बढी मन पराउछन् यो भने हेर्न बाकी रहेका छ ।

‘झिँगेदाउ’:
भिमनिधि तिवारीको कृति ‘झिँगेदाउ’ मा आधारित रहेर निर्माण भएको फिल्म ‘झिँगेदाउ’ पारिवारिक कथामा निर्माण भएको फिल्म हो । अभिनेत्री केकी अधिकारी, आँचल शर्मा, अभिनेता मुकुन भुषाल, कुशल बिष्ट, हिँउवाला गौतम लगायतको अभिनय रहेको फिल्ममा केकी र आँचल देउरानी जेठानीको भुमिकामा देखिएका छन् ।

कपनगडी सिनेमा र फिल्म क्रियु नेपालको ब्यानरमा निर्माण भएको फिल्ममा संगम भण्डारी, विजय देउजा, आर्यन खड्का, अभयराज बराल, आशा भुषालको समेत अभिनय देख्न सकिन्छ । सुलभ प्रतिक देउजा र समीक्षा देउजा निर्माता रहेको फिल्मको सह–निर्मातामा सुशिल दाहाल र ईश्वर घिमिरे हुन् ।

‘सम्हालिन्छ कहिले मन’:
अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्माको मुख्य भुमिका रहेको ‘सम्हालिन्छ कहिले मन’ कोरोना महामारी अगाडि निर्माण भएको र पटकपटक रिलिज मिति सर्दै आएको फिल्म हो । त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्मको एबी इन्टरनेशलको ब्यानरमा निर्माण भएको हो । फिल्ममा पूजा र आकाशका अलावा गौरी मल्ल, सरोज खनाल, धिरेन शाक्य लगायत कलाकारको मुख्य अभिनय छ ।

फिल्मबाट अभिनेताको रुपमा सोनम तोप्देनले डेब्यू गरेका छन् । भारतीय मुलका गायक उनी तिब्बतमा बस्दै आएका छन् । अमित बस्नेत निर्माता रहेको फिल्मको सह–निर्मातामा परी राना र अजितकुमार थापा र कार्यकारी निर्मातामा सनिस खकुरेल र अंकित गौतम हुन् ।

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार  १ : ३६ बजे


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.