काठमाडौँ । नेपालीहरुले मान्दै आइरहेका हिन्दु धर्मको रक्षा तथा सांस्कृतिकको संबर्धन गर्न गठन भएका बिभिन्न संघ संस्थाहरु मध्य अहिले क्रियाशिल तथा लगनशिल रहेर कार्यसम्पादन गरिरहेको विश्व हिन्दू युवा संघ अन्तर्राष्ट्रिय समितिले पशुपतिनाथ मन्दिरमा हरितालिका तिज र ऋषि पञ्चमीको अवसरमा स्वयंसेवा अभियान सञ्चालन गरिरहेको छ ।
पशुपति मन्दिर परिसरमा दर्शन गर्न आएका भक्तालुहरुलाई कुनैपनि असुबिधा नहोस भन्ने कारणले यो अभियान सञ्चालन गरिएको विश्व हिन्दू युवा संघ अन्तर्राष्ट्रिय समितिले जनाएको छ ।
मन्दिर परिसरमा बिभिन्न संघ संस्थाले निशुल्क पिउनेपानि तथा स्वास्थ्य शिविर समेत चलाई रहेका छन् । हिन्दु नारिहरुको बिशेष चाँडको रुपमा लिइने हरितालिका तिज मनाउन देशै भरिका महिलाहरु व्रत बसेर तिजको दिन बिहानै देखि बिभिन्न ठाँउमा रहेको शिव मन्दिर तथा शक्ति पिठहरुमा जम्मा भएर नाचगान
गरेर तिज मनाएका छन् ।
तिजको वर्त लिने महिलाहरुले भोली ऋषि पञ्चमीको लागी आज दर खाने गर्दछन् । कन्या कुमारीहरु तथा विवाहित महिलाहरुले भोलि ऋषि पञ्चमी वर्त बसी नदीमा पापमोचन होस भनी नुहाउने चलन रहेको छ ।
नेपालको मात्र नभएर अन्तराष्ट्रिय स्तरमा समेत ख्यातिप्राप्त शक्ति पिठको रुपमा परिचित आराध्यनाथ पशुपती नाथको मन्दिरमा तिज मनाउन हजारौँ महिलाहरुको जम्मा भएर पुजाआजा तथा नाचगान समेत गरेका थिए । अरु समय भन्दा तिजको समयमा भक्तजनको भिड हुने हुनाले स्वयंसेवा अभियान सञ्चान गरिरहेका छन् ।