७ माघ २०८१, सोमबार | Tue Jan 21 2025

आइजिपी नभएपछि जागिर छाडेर एमालेको राजनीतिमा लागेका नवराज सिलवाल माथि मिटरब्याज असुलीको आरोप



काठमाडौं । तराईका जिल्लामा मिटरब्याजीले आतंक मच्चाएपछि गृह मन्त्रालयले सहसचिव डा भीष्मराज भुषालको नेतृत्वमा यससम्बन्धि कार्यदल नै बनाएर उजुरी लिइरहेको छ । जसमा देशभरीबाट करिब दुई हजार उजुरी परेको छ । काठमाडौंमा पनि करिब डेढ सय जनाले उजुरी गरेका छन् । स्रोतका अनुसार काठमाडौंमा त्यसरी उजुरी पर्नेमध्ये एक एमाले सांसद सिलवाल हुन् ।

आइजिपी नभएपछि जागिर छाडेर एमालेको राजनीतिमा लागेका नवराज सिलवाल फेरि अर्काे काण्डमा परेका छन् । मिटरब्याज असुलीको आरोपमा उनीमाथि गृह मन्त्रालयमा उजुरी परेको छ ।

उनीविरुद्ध सिन्धुपाल्चोकका सरोज थापाले उजुरी गरेका हुन् । सापटी लिएको पैसा भन्दा तेब्बर बुझाउँदा पनि आफुहरुको जग्गा खाइदिएको भन्दै उनले सिलवामाथि कारबाहीको माग गरी उजुरी दिएका हुन् ।

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार  १० : २५ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.