१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

मिटरब्याजीविरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता हुन थालेपछि चर्को ब्याजमा ऋण दिएका साहुहरू तनावमा



मिटरब्याजीविरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता हुन थालेपछि चर्को ब्याजमा ऋण दिएका नवलपरासीका साहुहरू तनावमा देखिन्छन । उजुरी दर्तासँगै प्रहरी प्रशासनले उनीहरूमाथि निगरानी गर्न थाले पछि पक्राउ पर्ने त्रासले उनीहरू तनावमा परेका हुन्। अहिलेसम्म नवलपरासीमा मिटरब्याजीको आरोपमा २ जना पक्राउ परेको विभिन्न अनलाइन खबरहरुमा देखिन्छन । मिटरब्याजीविरुद्ध नवलपरासीका पीडितहरू काठमाडौंमा लामो समयसम्म धर्नामा बसेपछि सरकारले कार्यदल नै बनाएर जिल्ला जिल्लामा पठाएको हो ।

गृहको निर्देशनअनुसार जिल्ला प्रशासन कार्यालयहरूले मिटरब्याजीविरुद्ध उजुरी दर्ता गर्न थालेका छन्। नवलपरासी जिल्लामा पनि मिटरब्याजीविरुद्ध सोमबारसम्म १ सय २२ वटा उजुरी दर्ता भएको सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी रामचन्द्र अर्यालले बताए। पीडितहरूले जहिले पनि उजुरी दिने व्यवस्था गरिएको छ। मिटरब्याजीविरुद्ध सरकारले चासो देखाएपछि साहुको ऋण फिर्ता गर्न नपर्ने सोंचले प्रशासनमा धेरैको उजुरी परेको हुन सक्नेसमेत अनुमान गरिएको छ।

दर्ता भएका उजुरीमा ऋणीहरूले लिएको कुल रकम साढे ५ करोड छ। जिल्लामा त्यसरी चर्को ब्याजमा ऋण लगाउनेमा सबैभन्दा बढी रामग्राम नगरपालिकाका ३८ जना साहु छन्। दोस्रोमा प्रतापपुरका २४ र तेस्रोमा पाल्हीनन्दनका १४ जना साहु रहेको उजुरीमा उल्लेख छ।

मिटरब्याजी रामदेवका छोरापछि छोरी पनि पक्राउ
मिटरब्याजीविरुद्ध जाग्यो सप्तरी, रामदेवलाई कारवाही माग गर्दै प्रदर्शन
नवलपरासीका मिटरब्याजी साहुबारे प्रहरी प्रशासन बेखबर
मिटरब्याजीविरुद्ध भंगहाका पीडितहरु अदालत जाँदै
मिटरब्याजी अपराध नियन्त्रणका लागि कार्यदल
मोरङमा मिटरब्याजीविरुद्ध ३७ उजुरी
मिटरब्याजीविरुद्ध गृह कडा
मोरङमा मिटरब्याजीविरुद्ध ३७ र सप्तरीमा ११४ जनाले दिए उजुरी
वित्तीय पहुँच नहुँदा मिटरब्याजीबाट पीडित : कार्यदल

प्रकाशित मिति : १४ भाद्र २०७९, मंगलबार  १२ : ०९ बजे


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.