८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024

काठमाडौं मलको नक्सा पास र भवन निर्माण इजजात दुवै नभएको पाइएयो



काठमाडौँ । सुन्धारास्थित रहेको कर्मचारी सञ्चय कोषको भवन (काठमाडौं मल)को नक्सा पास र भवन निर्माण इजजात दुवै नभएको पाइएको छ ।

आइतबार कर्मचारी सञ्चय कोषका पदाधिकारी काठमाडौं महानगरपालिका बिच भएको छलफलमा २०५७ साल ३० गते वेसमेन्ट पार्किङ र भुइँतल्ला पार्किङको लागि मात्रै नक्सा पास गर्न महानगरपालिकामा निवेदन दिए पनि पास नभएको खुलेको हो ।

महानगरपालिकाका एक कर्मचारीका अनुसार मलले ५७ पछि २०७५ सालमा नक्सा पासको लागि संशोधन निवेदन दिए पनि निवेदन उपर कुनै कारबाही नभएपछि महनगरपालिकामा पेन्डिङमै रहेको थियो ।

तर, महानगरपालिकाबाट नक्सा पास नभएतापनि कर्मचारी सञ्चय कोषले भवन निर्माण गरेको थियो । छलफलमा सहभागी काठमाडौं महानगरपालिका एक कर्मचारीका अनुसार हालसम्म पनि भवन निर्माण इजाजत लिएको छैन ।

पुरानै नक्सा अनुसार प्रक्रिया थाल्ने

काठमाडौं महानगरपालिकाको छलफलपछि कोषले २०५७ सालमा पेश भएको नक्सा अनुसार महानगरपालिकामा मलको नक्सा पास गर्न प्रक्रिया थाल्ने सहमति जनाएको छ ।

यस्तै भवनको नक्सामा रहेको वेसमेन्ट रभुइँतल्लामा पार्किङ खुल्ला गर्ने कोषले सहमती गरेको हो । छलफलमा काठमाडौं महानगरपालिका र कर्मचारी सञ्चय कोष बीच केही बेर भनाभनसमेत भएको थियो ।

सञ्चय कोषका निमित्त प्रशासक जितेन्द्र धितालले सुन्धारा निर्माण गर्दा कोषको सार्वजनिक जग्गा प्रयोग भएकोले दुई तल्ला पार्किङ गर्न नसक्ने बताएपछि काठमाडौं महानगरपालिका २२ नम्बर वडाध्यक्ष चिन काजी श्रेष्ठले महानगरपालिकामा जुन प्रयोजनको लागि नक्सा पास गर्न निवेदन दिएको त्यही प्रयोजन गर्नुपर्ने अन्यथा भवन निर्माण ईजाजत तर नक्सा पास गर्न सम्भव नहुने बताएका थिए ।

‘काठमाडौं मलमा भत्काएको संरचनाबारे कोषले कुनै विरोध गरेन । अब नक्सा र मापदण्ड अनुसार काठमाडौं मलले दुई तल्ला पार्किङ खुल्ला गर्ने र त्यसपछि महानगरले नक्सा पास र भवन इजाजतको अनुमतीको लागि प्रक्रिया थाल्ने सहमती भएको छ,’ छलफलमा सहभागी महानगरपालिका एक अधिकारीले बताए ।

काठमाडौं महानगरपालिकाको तर्फबाट २२ नम्बर वडाध्यक्ष चिनीकाजी महर्जन, शहरी विकास महाशाखा प्रमुख सुरज शाक्य लगायत थिए भने कर्मचारी सञ्चय कोषका निमित्त प्रशासक जितेन्द्र धितालको नेतृत्वमा कर्मचारीहरु सहभागी भएका थिए ।

सञ्चयकोषका प्रवक्ता दामोदर प्रसाद सुवेदीले छलफलको निष्कर्ष अनुसार कोषको सञ्चालक समितिले निर्णय गर्नसक्ने बताउँदै अहिले यो विषयमा थप टिप्पणी नगर्ने बताए ।

प्रकाशित मिति : १३ भाद्र २०७९, सोमबार  १० : ५७ बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.