काठमाडौँ । नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ कम्युनिष्ट लिग (वाइसीएल)का अध्यक्ष सुबोध शेर्पालीले काठमाडौँ महानगरका मेयर बालेन शाहको काम स्वागत योग्य भएको बताएका छन् ।
अध्यक्ष शेर्पालीले राज्य कोषमा कर छली गरी व्यवसाय सञ्चालनको प्रमाणसहित भवन, टहरा र पार्किङ स्थल भत्काउँदा एक थरीको निद्रा हराएको बताएका छन् । उनले केही गर्छु भन्ने अठोटका साथ स्वतन्त्र रुपमा निर्वाचित भएका व्यवस्थाभित्र फुलेका फूल निमोठ्ने अभिव्यक्ति कसैलाई नदिन आग्रह गरेका छन् ।
‘मेयर ज्यु अघि बढ्नुहोस्, आफ्नो वा पराई कोही नभनी सधैं जनता एवं राज्यको भौतिक सम्पतिमाथि रजाइँ गर्न खोज्ने प्रवृत्तिविरुद्ध जनमतको साथ लिएर लम्कनुहोसर अवश्य सफलता मिल्ने छ,’ उनले भने, ‘शक्तिको आडमा बसेर कानुनविपरीत मनपरी गर्ने छुट कसैलाई छैन, हुनु पनि हुँदैन ।’
मेयर बालेन शाहले केही दिनदेखि काठमाडौँ महानगरमा बनेका अवैध संरचना हटाउने तथा व्यवसायिक भवनको अण्डर ग्राउण्डेड पार्किङलाई व्यवस्थित बनाउने प्रयास स्वरुप काम गर्दै आएका छन् ।भने यसैबीच शुक्रबार नेकपा एमालेका नेता महेश बस्नेतले बालेनमाथि प्रश्न खडा गर्दै लहडी आतंक नियन्त्रण गर्न बाध्य हुने बताएका थिए ।
त्येस्तै कांग्रेस का मिन बहादुर विश्वकर्मा ले पनि चेतावनी दिएका छन् राजनीतिक प्रणाली ध्वस्त पार्न लाग्यो भनेर ।गृहमन्त्री संग बन्दुक चलाउने अधिकार छ बलेन लाई डोजर चलाउने अधिकार भए जस्तै भन्नु को अर्थ घुमाउरो पारामा चेतावनी नै हो,हामी जे नी गर्न सक्छौं भन्ने।