६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

मेयर बालेनको पछिल्लो कार्य स्वागतयोग्य छ: अध्यक्ष सुबोध शेर्पाली



काठमाडौँ । नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिस्ट लिग (वाइसीएल)का अध्यक्ष सुबोध शेर्पालीले अनधिकृत संरचना हटाउने काठमाडौं महानगरका मेयर बालेन शाहको पछिल्लो कार्य स्वागतयोग्य भएको बताएका छन्।राज्य कोषमा कर छली गरी व्यवसाय सञ्चालनको प्रमाणसहित भवन, टहरा र पार्किङ स्थल भत्काउँदा एक थरीको निद्रा हराएको शेर्पालीले बताए।

केही गर्छु भन्ने अठोटका साथ स्वतन्त्र रुपमा निर्वाचित भएका बालेनलाई हतोत्साहित बनाउने गरी धम्की नदिन पनि उनले चेतावनी दिएका छन्।आफ्नो वा पराई कोहि नभनी सधैं राज्यको भौतिक सम्पतिको संरक्षण गर्न र जनताको पक्षमा काम गर्न पनि उनले शाहलाई आग्रह गरेका छन्।

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार  ६ : ३४ बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.