६ फाल्गुन २०८१, मंगलबार | Tue Feb 18 2025

युवा नेता महेश बस्नेतले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले गरेका कार्यप्रति आफु असन्तुष्टी



नेकपा एमालेका युवा नेता महेश बस्नेतले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले गरेका कार्यप्रति आफु असन्तुष्टी भयको जनाएका छन् । बालेनले गत सोमबारदेखि काठमाडौं महानगर भित्र अवैध तरिकाले निर्माण गरिएका संरचना भत्काउने कार्यलाई तीव्रताका साथ् अघि बडाएका छन् । यस्ता कार्यमा उनी आफै उपस्थित भएर गर्ने गरेका हुदा ।

यसप्रति असन्तुष्टी जनाउँदै बस्नेतले शाहलाई सामाजिक सञ्जाल फेसबुकमार्फत तिखो प्रहार गरेका हुन् ।उनले लेखेका छन्,‘एउटा प्रोग्राम सकेर जस्ट घर पुगे बालेनजीको टिप्पणी हेरें खुसी लाग्यो । तपाईलाई सबैको घरको नक्सा हेर्ने भुत सवार भएछ । मेरो घरको नक्सा हेर्न मन भए सूर्यविनायक नगर पालिकामा काजमा आउनुहोला,’ बिहीबार अल्फाबिटा कम्प्लेक्समा अवैध संरचना भत्काउने क्रममा प्रमुख शाह र अल्फा बिटाको सञ्चालकबीच नक्सालाई लिएर भनाभन भएको थियो ।

पछि अफिस गएर नक्सा ल्याई शाहले उक्त संरचना भत्काएका थिए । ‘तपाइँलाई भत्काउने र ध्वंस गरेर हिरो हुन्छु भन्ने लाग्या होला । हाम्रोतिर ध्वंस होइन निर्माणको लहर चलेको छ । यताका डोजरमा मेयर चढ्दैनन् ड्राइभर चढ्छन् । डोजर चलाउन रहर भए ड्राइभिङ सिकेर आउनुहोला,’ बस्नेतले शाहलाई निम्तो दिएका छन् । बस्नेतले २,४ सय फेसबुके फ्यान भए भनेर नमात्तिन पनि शाहलाई आग्रह गरेका छन् । ‘विगतका यस्ता २,४ सय फेसबुके फ्यान भएका म्यान अहिले कहाँ छन् खोज्नै पर्ने भाको छ ।

गाली गलौजको संस्कृति हाम्रो संस्कृति होइन । त्यसको विकास र प्रोत्साहनमा अहिले त रमाइलै होला पछि तपाईंका बिरोधीले पनि त्यही शैली अपनाए भने गाह्रो होला ।’ यता बालेन पनि उक्त स्टाटस मा कमेन्ट मार्फत आफ्ना भनाइ राखेका छन् ।, उनले बस्नेतलाई उल्टै प्रश्न गरेका छन् । तपाईँको घरको नक्सा पास छ कि छैन ? उनले लेखेका छन्,‘फोटो त मसँग नि खिच्नु भको छ, पहिलो कारण नै हो्,‘नियम कानुन सबैले पालना गर्नुपर्छ कमरेड !, बरु हजुरको घरको पनि नक्सा पास छ कि छैन ??

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार  १० : १५ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.