६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

अल्फाबिटाको अवैध संरचनामा बालेनले चलाए डोजर



काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) पुनः अल्फाबिटा कम्प्लेक्स पुगेका छन् । अबैधानिक संरचना हटाउन अल्फाबिटा कम्प्लेक्स पुगेका मेयर बालेनसँग आज मध्यानमा त्यहाँको प्रतिनीधिसँग नक्साको बिषयमा विवाद भएको थियो ।
विवादपछि कार्यालय फर्केका बालेन त्यस कम्प्लेसको नक्सा र नगर प्रहरी लिएर उनि त्यस ठाँउमा संरचना भत्काउन पुगेका हुन् ।

अबैधानिक संरचना हटाउन बिहीबार अल्फाबिटा कम्प्लेक्स पुग्दा प्रतिनिधिले कुनै अवैध काम नगरेको बताएका थिए । बालेनले नक्सा देखाउन माग गर्दै उल्टा उनलाई नक्सा महानगरसँग हुनुपर्ने तर्क गर्दै विवाद गरेका थिए । कार्यालय फर्किएका मेयर बालेन अहिले नक्सा र नगरप्रहरी लिएर अल्फाबिटा पुगेका छन् ।

अल्फाबिटाका प्रतिनिधिले अवैधानिक काम नगरेको मात्र जिकिर गरेनन्, मेयरलाई डन नबन्न चेतावनी समेत दिएका थिए । मेयर बालेनले घरको नक्सा देखाउन आग्रह गर्दा उल्टो महानगरमा हुनुपर्ने बताएका थिए ।

विवादपछि फर्किएका मेयर बालेन घरको नक्सा र डोजर लिएर अल्फबिटा पुगे । अल्फाबिटाका प्रतिनिधिले आफ्नो गल्ती स्वीकार गर्दै समय मागेका थिए । अल्फबिटाका प्रतिनिधिको बोली फेरियो । उनले मेयर बालेनलाई भने, ‘नक्सा लिएर आउनुभयो, टाइम दिनु्स् । तर महानगरको टोलीले त्यसलाई सुनेन । अवैध रुपमा हालेको सटर हटाएको छ । फर्मेसी खाली गर्न लगाएर महानगरको टोलीले अवैध रुपमा बनाएको संरचनामा जोडर चलाएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७९, बिहिबार  ४ : २३ बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.