१२ माघ २०८१, शनिबार | Sat Jan 25 2025

काठमाडौं क्षेत्र नम्बर ५ बाट एकीकृत समाजवादीले संघीय सांसदको उम्मेदवारमा पराजुलीको नाम सिफारिस



काठमाडौं । एकीकृत समाजवादीले प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ५ बाट सुदेश पराजुलीको नाम सिफारिस गरेको छ । एकीकृत समाजवादीको काठमाडौं क्षेत्रनम्बर ५ कमिटीको बुधबार बसेको बैठकले पराजुलीको नाम सिफारिस गरेको अध्यक्ष सुदेश पराजुलीले जानकारी दिए ।

पराजुली एकीकृत समाजवादीको जनवर्गीय संगठन अनेरास्ववियूको अध्यक्ष हुन् । पोखरेल कानुन व्यवसायी हुन् । अब यो सिफारिस जिल्ला, प्रदेश हुँदै केन्द्रमा पुगेपछि अन्तिम निर्णय हुने छ । यदि सत्ता गठबन्धनको भागबण्डामा काठमाडौं क्षेत्र नम्बर ५ एकीकृत समाजवादीले पाएमा पराजुली र पोखरेलमध्ये एकजना उम्मेदवार बन्ने छन् ।

पराजुली एकीकृत समाजवादीको भ्रातृ संगठन अनेरास्ववियूका अध्यक्ष समेत हुन् । क्षेत्र नम्बर ५ का अध्यक्ष रामकृष्ण सेढाइँको अध्यक्षतामा बुधबार बसेको बैठकले पराजुलीसहित संघीय सांसदको रुपमा रामप्रसाद पोखरेलको समेत नाम सिफारिस भएको छ।
यस्तै प्रदेशतर्फ ५ (क) मा हरिभक्त श्रेष्ठ र कृष्ण प्रसाद सापकोटाको नाम सिफारिस भएको छ भने (ख) मा रामकृष्ण सेढाइँ, दीपक केसी, बालकृष्ण कृष्ण, राजाराम भण्डारीलगायतको नाम सिफारिस रहेको छ।

सत्ता गठबन्धनभित्र रहने भागबण्डामा समाजवादीले काठमाडौंका कम्तिमा २ संघीय क्षेत्रमा आफ्नो दाबी प्रस्तुत गरेको छ । जसमा क्षेत्र नम्बर ५ मा समाजवादीको दाबी रहने पराजुलीले बताए । सोही क्षेत्रबाट यसअघि नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल विजयी भएका थिए । यो पटक पनि पोखरेल नै एमालेको उम्मेदवार हुने बताइएको छ।

प्रकाशित मिति : ९ भाद्र २०७९, बिहिबार  ६ : ५९ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.