काठमाडौँ । काठमाडौं महानगरपालिकाले अबैध रुपमा बनाएको संरचना हटाउने काम निरन्तर जारी राखेको छ । नयाँ वानेश्वरबाट सुरु गरिएको संरचना भत्काउने र अनुगमन गर्ने काम सुन्धारा,न्युरोड,दरबारमार्ग,कोटेश्वर,शंखमुल हुदै अल्फा बिटा कम्प्लेक्समा पुगेका छन् ।
नयाँ वानेश्वरमा रहेको अल्फाबिटा भवनको अगाडी भागमा सटर निकालेर फार्मेसी खोलिएको छ । पार्किङ भने सडकको पेटीमा हुने गरेको छ । मेयर बालेनले त्यस भवनको नक्सा मागे तर अल्फाबिटा प्रतिनीधीले उल्टै मेयरसँग नक्सा मागे दुबै पक्ष एकछिन चर्काचर्की प¥यो । बालेन भन्छन तपाईको घरको नक्सा तपाई सँग हुन्छ कि म सँग ? अल्फाबिटाको प्रतिनीधीले भने नगरपालिकामा के हुन्छ त ?
यस्ता यस्ता प्रश्न सहित मेयर बालेन र अल्फाबिटा प्रतिनीधीे दुई पक्ष बिच प्रति प्रश्न भएको छ । मेयरले काठमाडौंमा रहेको २ लाख घरधनीलाई प्रत्येक घरमा सुचना दिन नसकिएको कारण पत्रिका मार्फत ३५ दिन अगाडी सुचना प्रकाशन गरेको बालेनको भनाइ रहेको छ ।